१ नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज हलि पूजा गरी मनाइयो, भोली भाइटिका लगाउने उत्तम साइत ११ बजेर २ मिनेटमा
२ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने आफ्नो हातमा नभएको प्रधानमन्त्री देउवाको भनाइ, निर्वाचन समितिले छिटो काम सके महाधिवेशन समयमै हुनेमा विश्वस्त
३ राष्ट्रपति विद्यादेवी भण्डारीले दिइन् ‘नेपाल संवत् ११४२’ को शुभकामना, नेपाल संवतले आपसी सदभाव अभिवृद्धि गर्नेमा विश्वास
४ बेरोजगारलाई रोजगारी र विदेशबाट फर्किएकालाई निराश नबनाउने श्रममन्त्री कृष्णकुमार श्रेष्ठको उद्घोष, रोजगारीको चुनौतीलाई चिर्दै अगाडि बढ्ने दाबी
५ चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गर्ने अर्थमन्त्री जनार्दन शर्माको भनाइ, विकासका लागि सरकारको स्रोत र साधनले भ्याएसम्म पहल र वातावरण निर्माण गर्न प्रतिवद्धता
६ भ्रम फैलाउने प्रतियोगितामा ओलीले ओलम्पिक नै जित्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको व्यङ्ग्य, काम नगर्ने तर लोकप्रीय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणी
७ एमसीसी पारित गर्ने भनेर आफूले अमेरिकालाई चिठी नलेखेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दाबी, संशोधन नगरी एमसीसी कुनै पनि हालतमा पारित नहुने भनाइ
८ नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ८ सय ४४ परीक्षणमा थप १ सय ८३ जनामा कोराना संक्रमण पुष्टि, ६ सय ४९ जना कोरोना संक्रमण मुक्त २ जनाको मृत्यु
९ एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले दियो योगेश भट्टराईलाई चेतावनी, कसको ठेगाना कहाँ होरु आगामी निर्वाचनमा सार्वभौम नेपाली नागरिकले देखाउने उल्लेख
१० चाडबाडको समयमा फलफुल र मिठाइको मूल्य आकाशिएसँगै उपभोक्ताको गुनासो, बजार अनुगमन नहुँदा उपभोक्ता ठगीमा
११ पाँचै जना न्यायधीशले राजीनामा दिनुपर्ने पूर्वमन्त्री पद्मा अर्यालको माग, मुलुकको अस्थिरताको कारण नै न्यायलय भएको आरोप
१२ अमेरिका र साउदी अरेबियाबीच हतियार विक्री सम्झौता, साउदीलाई अमेरिकाले ६५० मिलियन डलर बराबरको हावामा प्रहार गर्न सकिने मिसाइल बिक्री गर्ने
१३ कोरोनाविरुद्धको पहिलो खाने औषधिलाई बेलायतले दियो स्वीकृति, प्रारम्भिक चरणमा औषधि कोभिडविरूद्धको खोप लगाएका र नलगाएका दुवै बिरामीलाई दिइने
१४ जाभी स्पेनिस फुटबल क्लब बार्सिलोनाको मुख्य प्रशिक्षकमा नियुक्त, इस्पानियोलविरुद्धको खेलपछि आफ्नो जिम्मेवारी सम्हाल्ने अनुमान
१५ र, नेपालका ए डिभिजनका चार क्लबले पाए एएफसीको क्लब लाइसेन्स, जारी सिजनमा एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा चार क्लबले सहभागिता जनाउन पाउने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया