नेपालको कोरोना अपडेट : थप ३५६ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
329
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ३ सय ८४ जनामा गरिएको परीक्षणमा थप ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५१८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४३६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?