माओवादी र मलाई सिध्याउन खोजे- प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिपय व्यक्ति र समूह माओवादी केन्द्रलाई सिध्याउने अभियानमा लागेको बताएका छन् ।

बिहीबार ललितपुरको महालक्ष्मीस्थानमा नेवा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिक्रियावादीको उद्धेश्य माओवादीलाई सिध्याउने भएको बताएका हुन्। माओवादीलाई ताकेर हिट गर्ने गरेको उल्लेख गर्दै उनले भने, “माओवादी नसिध्याएसम्म हिजोको दलाल, पुँजीपतिहरूको स्वार्थ पूरा हुँदैन भन्छन्।’ उनले थपे, “माओवादीलाई नसिध्याएसम्म देशले सुख पाउँदैनन् भन्छन्। हामी के भन्छौं- माओवादीबिना जनताले सुख पाउँदैनन्। ती प्रतिक्रियावादी जाली फटाहाहरूले दु:ख पाउँछन् माओवादी बलियो भयो भने।”

उनले कतिपयले भने आफूलाई सिध्याउने अभियानमा लागेको बताएका छन् । “एउटा प्रतिगामी प्रतिक्रान्तिकारी भनिएको छ। उसको टार्गेट चाहिँ फेरि माओवादी केन्द्रमा पनि प्रचण्डलाई सिध्याउने अभियानमा छन्।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?