प्रदेश नं १ : मुख्य न्यायाधिवक्ता आचार्यको राजीनामा स्विकृत

काठमाडौं- प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले राजीनामा बुझाएका छन् ।

प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईमार्फत नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम बुधबार साँझ उनले राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बुधबारदेखि लागू हुनेगरी मुख्य न्यायाधिवक्ताको राजिनामा स्विकृत भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?