वैदेशिक रोजगार कार्यालयका नासु घुससहित रंगेहात पक्राउ

काठमाडौं- काठमाडौंको ताहचलस्थित वैदेशिक रोजगार कार्यालयका नायव सुब्बा दुर्गाप्रसाद पोखरेल घुस रकमसहित पक्राउ परेका छन् । पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

पोख्रेलले बिचौलियाको काम गर्ने खेमप्रसाद काफ्लेमार्फत २१ हजार रुपयाँ घुस लिएका थिए । नायव सुब्बा पोखरेल र बिचौलिया काफ्लेले सेवाग्राहीबाट सो रकम लिएको उजुरीका आधारमा आयोगले उनीहरुलाई बुधबार सोल्लीमोडबाट पक्राउ गरेको हो ।

आयोगले उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?