काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आरबी आइपेजिगसँग बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा पीएसजीले आरबी आइपेजिगसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
घरेलु टोली लाइपेजिगका लागि क्रिस्टोफर नन्कुकु र डोमिनिक जोबोस्ज्ले समान एक एक गोल गरे ।
त्यस्तै, पीएसजीका विजनाल्डमले दुई गोल गरेका थिए ।
पीएसजी ८ अंक सहित दोस्रो स्थानमा छ । लाइपेजिगले चार खेलमा पहिलो अंक जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया