काठमडाौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्मनस्वरुप गार्ड अफ अनर प्रदान गरिएको छ ।
शुक्रबार टुँडिखेलमा आयोजिक कार्यक्रममा प्रधानमन्त्री मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो । त्यस क्रममा नेपाली सेनाले २१ तोपको सलामी चढाएका थियो ।
टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधनमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, नेपाली सेनाका उच्च तहका अधिकारीहरुको सहभागिता रहेको थियो ।
नेपाल आउने विशिष्ट पाहुनालाई गार्ड अफ अनरले सम्मान गर्ने चलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया