काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनकारी पराजित हुने बताएका छन्।
बिहीबार ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले दुईपटक प्रतिनिधि सभा विघटन गरेपनि पुनर्स्थापित हुनुले यसको पुष्टि भएको दाबी गरे।
उनले देशभरी माओवादीका संगठनले गति दिन थालेको बताए। उनले सबै प्रचण्ड हराउनुपर्छ भन्दै लागि परेको बताए।
‘माओवादी हराउन त प्रतिक्रियावादी लागेकै छन् अझ त्यहाँभित्र प्रचण्डलाई हराउनुपर्छ भनेर जोडबल गरिरहेका छन्।’ प्रचण्डले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया