प्रधानमन्त्री मोदी र उपराष्ट्रपति पुनबीच भेटवार्ता

काठमाडौं । नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि र उपराष्ट्रपति नन्दबहादुर पुनबिच उपराष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको छ ।

पटनाबाट सिँधै जनकपुर आएका मोदी  जनकपुरमा नागरिक अभिनन्दन सकेर दिउँसो काठमाडौं आइपुगेका थिए । 

काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमका बीच आर्ड आफ अनर सम्मान लिएर पश्चात् उपराष्ट्रपति पुनसँग भेटवार्तामा छन् । पुनसँगको भेटवार्ता पछि मोदी सिँधै राष्ट्रपति भवन शितलनिवास जाने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?