भरतपुरमा विद्युत आपूर्ति सुरु

लोकपथ
77
Shares

काठमाडौं । चितवनको भरतपुर क्षेत्रमा बन्द भएको विद्युत आपूर्ति सुरु भएको छ ।

भरतपुर क्षेत्रमा मंगलवार देखि विद्युत आपूर्ति बन्द भएको थियो । सो क्षेत्रमा आज बिहान १ बजेदेखि विद्युत आपूर्ति भएको विद्युत प्राधिकरणले बताएको छ ।

सबस्टेशनमा समस्या आउँदा विद्युत आपूर्ति बन्द भएपनि मर्मत पछि सुचारु भएको हो । भरतपुर क्षेत्रमा समस्या देखिएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अनुगमनका लागि चितवन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?