काठमाडौं । एंजेलिना जोली र ब्राड पिटले आफ्नो १२ वर्ष लामो सम्बन्धलाई २ वर्ष पहिले विश्राम लगाए । अहिले दुबै जना आ–आफ्नो जीवन खुशी साथ बिताइ रहेका छन् । अहिले एंजेलिना एक बिजनेश म्यानसँग रिलेशन सिपमा छिन्, भने ब्राड पिट पनि अर्की अभिनेत्री जेनेफर एनिस्टनसँग रिलेशन सिपमा छन् । उनीहरु दुवै जना आफ्नो रिलेशनलाई एक नयाँ उचाई दिन चाहन्छन् ।
इन टच साप्ताहिकको एक रिर्पोट अनुसार जेनिफर र ब्राड आफ्नो नयाँ सम्बन्धलाई नयाँ उचाई दिन चाहान्छन् । जसको लागी उनीहरुले एक बच्चाको आश गर्न सक्ने लेखिएको छ । यो रिर्पोटलाई आधार मान्ने हो भने अहिले उनीहरु एकदमै नजिकिएका छन् । बच्चा जन्माउने विषयमा दुवै जना इच्छुक रहेका छन् । रिर्पोटमा दुबै जनाको नजिकको श्रोतलाई आधार मान्दै लेखिएको छ ।
जेनिफर र ब्राड एकदमै अप्ठेरो परिस्थितीमा एकअर्कासँग भेटिएका थिए । त्यसैले पनि उनीहरु अलग हुन चाहँदैनन् । आफ्नो सम्बन्धको बारेमा जेनिफर यसो भन्छिन् हामी दुवै यो सम्बन्धलाई अगाडी बढाउनको लागी एक बच्चा जन्माउन चाहान्छौँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया