काठमाडौं । काठमाडौं महानगरपालिका–१२ टेकुस्थित शनी कस्मेटिक पसलका सञ्चालक भारत मोतिहारीका ४८ वर्षीय जागाप्रसाद जैसवाललाई पटाकासहित आज प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार उनको पसलबाट करिब २३ किलो कोब्रा पटाकासमेत बरामद गरिएको छ । हाल उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नगरकोटी मृत भेटिए
यता काठमाडौं तारकेश्वर नगरपालिका – ५ गोलढुङ्गा नाखनटोलका ४९ वर्षीय लक्ष्मण नगरकोटी आज मृतावस्थामा फेला परेका छन् । सोही ठाउँस्थित धान उठाउन गएकोमा राति घर नआएपछि खोजी गर्ने क्रममा नजिकै शव फेला परेको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया