काठमाडौं । आजबाट छायाँकनमा गएको सिनेमा 'छक्का पञ्जा ३' को सुर्य विनायक मन्दिरमा शुभमुर्हत गरियो । सिनेमाको मुर्हत पश्चात बोल्दै बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य, नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदय, एफडी कंम्पनीका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार संघका अध्यक्ष संन्दिप सापकोटा, वितरक गोपालकाजी कायस्थ लगायतका अतिथीले सिनेमालाई सफलताको शुभकामना दिए ।
सिनेमाको बारेमा बोल्ने क्रममा निर्माता तथा कलाकार दीपक राज गिरीले '६ एकान ६' र 'वडा नम्वर ६'मा सँगै काम गरेका कलाकार तथा समाजसेवी सिताराम कट्टेल 'धुर्मुस'को बारेमापनि उनले बाले 'धुर्मस'लाई हाम्रो टिमले एकदमै सम्झीरहेका छौँ । दुई सिनेमामा हामीले सँगै काम गरियो ।
तर तेस्रो पटक टिमअप हामीले गर्न सकेनौँ उहाँ समाजसेवामा लाग्नु भएको छ । हाम्रो टिमले उहाँलाई सिनेमा खेलाउँन सकेनौँ, यदि हामीले उहाँलाई सिनेमा खेलाएमा समाज प्रती अन्याय हुने भन्दै उहाँको आवश्कता यतीवेला देशलाई रहेको बताए । दीपकले यस्तो भन्दै गर्दा सिताराम कट्टेल 'धुर्मुस' विर अस्पतालमा सरसफाई अभियान अन्र्तगत शौचालय सफा गरिरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया