काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीलाई गरे ।
काठमाडौँमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले उच्चस्तरीय भेटवार्ता हुनेछ भने शनिबार बिहान मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ । काठमाडौँ महानगरपालिकाले उनलाई नागरिक अभिनन्दन गर्नेछ ।
भारतीय प्रधानमन्त्री मोदी एयर इन्डियाको विशेष विमानबाट धनुषाको जनकपुरका कार्यक्रम सकेर पूर्व निर्धाति समयभन्दा करीब दुई घण्टापछि काठमाडौँ आइपुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया