सहारा एकेडेमीलाई व्यवसायी सूर्यप्रसाद केसी परिवारद्वारा वार्षिक १५ लाख दिने

लोकपथ
140
Shares

काठमाडौं । सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ ।

पोखरामा बुधबार एक कार्यक्रमकाबीच स्व. सूर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी केसी र सहारा क्लवका अध्यक्ष हरि गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एकेडेमीको जिम्मेवारी लिए सँगै सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन हुने भएको छ । क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ । सम्झौता अनुसार केसी परिवारले एकेडेमीलाई लागि वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

सहयोग र दाताको भरमा सन्चालन हुँदै आएको एकेडेमीमा पहिलो पटक ठूलो राशीको सहयोग आएको हो । एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु बसेर पढिरहेका छन् । उनीहरुको शिक्षा दीक्षा सहित फुटबल प्रशिक्षण एकेडेमीले दिने गरेको छ । हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाबाट सहयोग आउने गरेको थियो ।

एकेडेमी चलाउनकै लागि क्लवले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ । यस्तै सहारा क्लवले आयोजना गर्दै आएको आहा रारा गोल्ड कप माघ ६ देखि सुरु गर्ने तयारी गरेको क्लबले बताएको छ । फुटवल प्रतियोगिताको मुख्य प्रयोजन समेत केसी ग्रुपले नै गरेको छ । सहारा क्लवले आफैले जग्गा खरिद गरेर पोखराको दोविल्लामा एकेडेमी सन्चालन गरिहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?