बुधबार थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि, मृतक कति थपिए ?

लोकपथ
273
Shares

काठमाडौं । आज (बुधबार) ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१३ जनाको नमुना परीक्षण गर्दा ४४७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ५७७ पीसीआर परीक्षणमा ३९५ जना र ३ हजार ३३६ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, बितेको २४ घण्टामा ४३९ जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १२३ छ ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यका भित्र १७५ जना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?