नक्कली सुन देखाएर ठग्न खोज्ने दुई प्रहरीे फन्दामा

काठमाडौं । सुन जस्तो नक्कली धातु देखाई ठगी गर्दै हिड्ने एक गिरोहलाई प्रहरीले ललितपुरको हरिसिद्धिबाट दुईजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा रामेछाप दुरागाँउ घरभइ हाल ललितपुर हात्तीवन बस्ने वर्ष २५ को दिपेन्द्र बराइली र सिन्धुपाल्चोक फुलपिङका घर भइ हाल ललितपुर बस्ने वर्ष २७ को रमेश बैजु छन् । 

केही ब्यक्तिहरुलाई आफूसंग ठूलोमात्रामा सुन छ भन्दै वजार भाउभन्दा सस्तो मूल्यमा सुन विक्री गर्ने भन्दै ठगी रहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन । 

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, सात किलो सुन ८० हजारमा खरिद गर्ने भन्दै ठग्दै हिडिरहेको अवस्थामा हरिसिद्धिस्थित विकेएम खाजाभरबाट पक्राउ परेका हुन । उनीहरुको साथबाट सुन जस्तो देखिने धातुको सात टुक्रा बरामद गरिएको छ ।  त्यस्तैं, मोटरसाइकल र मोवाइलहरु पनि बरामद गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?