मोदी र ओलीद्वारा जनकपुर अयोध्या जनकपुर बस सिधा बस सेवा शुभारम्भ

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जानकीमन्दिर परिसरबाट जनकपुर  अयोध्या जनकपुर सिधा बस सेवाको शुभारम्भ गर्नुभएको छ ।

दुई दिने नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज विहान जनकपुर आइपुग्नु भएका भारतीय प्रधानमन्त्री मोदीले यस किसिमको सिधा बस सेवा सञ्चालनबाट दुई देश र जनाबीचको सम्वन्ध प्रगाढ हुने विश्वास ब्यक्ति गर्नुभयो । 

त्यस्तैं, राजा जनक र अयोध्याका राजा दशरथ एवं राम र सीताको सम्वन्धले पनि नेपाल र भारतबीचको धार्मिक तथा सामाजिक सम्वन्ध अमर रहेको चर्चा पनि उहाँले गर्नुभयो । 

नेपालको धार्मिक  पर्यटन विकासको क्षेत्रमा सिधा बस सेवाको भुमिका महत्वपूर्ण हुने बताएका छन् । जनकीमन्दिरमा करीव २० मिनेटको पूजाआजा गरेपछि पर्यटन विकासका लागि रामायण सर्किटबारे बताउँदै प्रधानमन्त्री मोदीले यस्तो भनेका हुन् ।

मोदीले प्रधानन्त्री केपी शर्मा ओलीसँग रामायण सर्किट बाट करोडौं पर्यटक भित्र्याउने विषयमा  छलफल गर्न बताए । 

यस अघि मोदी विमानस्थलबाट जिरोमायल हुँदै जानकीमन्दिर पुगेका थिए । मोदीको संक्षिप्त सम्बोधन पछि प्रधानमनत्री ओलीले रामायण सर्किट बारे धारणा व्यक्त गरेका थिए । 

ओलीले रामायण सर्किटमा जनकपुर, धनुषाधाम लगायतका धार्मिक क्षेत्रलाई जोडिने बताए । त्यस क्रममा मोदी र ओलीले जनकपुर अयोध्या, बस सेवा सिलान्यास गरे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?