सेयर बजारमा सामान्य अंकको वृद्धि, ६ अर्ब ५५ करोड बढीको कारोबार

लोकपथ
338
Shares

काठमाडौं । तिहार अघिको अन्तिम कारोबार दिन आज (बुधबार) सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेपनि ठूला कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ परिसूचक भने घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक ५.२२ अंकले बढेर २८४८.८४ बिन्दुमा पुगेको छ । आज नेप्से ०.१८ प्रतिशतले बढेको हो ।

त्यस्तै, सेन्सेटिभ परिसूचक भने ०.५२ अंकले बढेर ५३०.८९ बिन्दुमा पुगेको छ ।

आज कुल २२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमध्ये ८ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकि ५ वटा समूहको सेयर मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?