एसपी यादव / जनकपुर । प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्द समारोहमा सहभागीहरु उपस्थित भइरहेका छन् । अहिलेसम्म मोदीको नागरिक अभिनन्दको लागि बनाइएको बाह्रबिगाहा मञ्चमा केन्द्रीय यातायातमन्त्री रघुविर महासेठ र उद्योगमन्त्री मातृका यादव, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राजपाका राजेन्द्र महतो, नेपाली काङ्ग्रेसका बिमलेन्द्र निधि लगायतका नेताहरु उपस्थित भएका छन् ।
मञ्चका अगाडी बनाइएको पन्डालमा पत्रकारहरु र सर्वसधारणहरु मोदीको सम्बोधन सुन्न उपस्थित भएका छन् । जानकीमन्दिरमा पूजाअर्चना गरेपछि यो मञ्चमा आएर सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया