काश्मिरमा सडक दुर्घटना : १० जनाको मृत्यु

RSS
117
Shares

काठमाडौं । पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरमा भएको सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ ।

सर्वसाधारण चढेका एक भ्यान गहिराईमा खस्दाँ १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् ।

दर्जनौको संख्यामा व्यक्तिहरु घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपि यस समाचारको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?