बुधबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

लोकपथ
2.1k
Shares

काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

मंगलबार बजारमा छापावाला सुन प्रतितोला ९२ रुपैयाँमा कारोबार भएकोमा बुधबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन आज ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?