आज कुकुरतिहार : माइतीघरमा सामूहिक पूजा (फोटोफिचर)

काठमाडौं । काठमाडौंको माइतीघरमा कुकुरहरुको सामूहिक पूजा गरिएको छ । प्राणीहित जागरण अभियानको संयोजनमा कुकुरहरुको सामूहिक पूजा गरिएको हो । पूजाका लागि माइतीघरमा काठमाडौंका विभिन्न ठाउँबाट थरिथरिका कुकुरहरु ल्याएको थियो ।

अभियानका महासचिव शोभा श्री शाक्यले नेपाली चाडपर्वलाई विश्वमा चिनाउनका लागि कुकुर दिवसका रुपमा मनाउन थालिएको बताइन् । हरेक प्राणीमा माया दया हुने भन्दै उनले भनिन्, संसारमा जति पनि प्राणी छन्, सबैलाई माया प्रेम गरौं, गालीगलौच कुटपिट नगरौं ।

यस्तै कार्यक्रममा सहभागि पाटनकी रोमी बज्राचार्यले पशुपंक्षी नपालेसम्म उनीहरुको स्वभाव र माया थाहा नपाइने बताइन् । उनले घरमा ५ वटा बिरालो र एउटा कुकुर पाल्दै आएकी छन् ।

कुकुरलाई सबैभन्दा इमान्दार प्राणी मानिन्छ । वर्षभरि हाम्रो धनसम्पत्ति, घरको सुरक्षा, मानिसप्रति बफादारी हुने गरेकोमा यस दिन कुकुरलाई पूजेर, माला लगाइदिएर र मीठा खानेकुराहरु दिएर ‘कृतज्ञता’ ज्ञापन गरिन्छ ।

कुकुरलाई पनि यमदूतका रूपमा पुज्ने गरिन्छ । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको वाहन पनि भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?