सुदूरपश्चिममा एमाले अधिवेशन : कुन-कुन पालिकामा भयो नेतृत्व चयन ?

लोकपथ
78
Shares

काठमाडौं । नेकपा (एमाले) ले सुदूरपश्चिमका नौ जिल्लाका ८८ पालिकामध्ये अधिकांशको नेतृत्व चयन गरेको छ ।

प्राप्त जानकारी अनुसार कैलालीका सात वटा पालिकाको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, जानकी, कैलारी, जोशीपुर, चुरे, बर्दगोरिया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
दुईवटा पालिका अध्यक्षमा महिला छानिएका छन् । गौरीगंगा नगरपालिकामा शान्ति सिंह र कैलारी गाउँपालिकामा झुमा चौधरी अध्यक्ष चयन भएकी छन् । यस्तै धनगढीमा रामचन्द्र जोशी अध्यक्ष चयन भएका छन् । उनलाई जवरजस्ती अध्यक्ष घोषणा गरेकोमा अर्का प्रतिस्पर्धी चुडामणी भट्टले सामाजिक सञ्जालमै असन्तुष्टी प्रकट गरेका छन् ।

जानकी गाउँपालिकामा खकेन्द्र भण्डारीको अध्यक्षतामा ७१ सदस्यीय कमिटी चयन भएको छ । यस्तै जोशीपुर गाउँपालिकाामा केशर चौधरीको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटी चयन भएको छ ।

चुरे गाउपालिकामा चक्र बोगटीको अध्यक्षतमा ७५ सदस्यीय कमिटी चयन भएको छ । बर्दगोरिया गाउँपालिकामा मधुकर सिजापतिको अध्यक्षतमा ६० सदस्यीय कमिटी गठन भएको छ ।

जिल्लाका १३ वटा मध्ये छवटा पालिका कमिटीको नेतृत्व चयन गर्न बाँकी रहेको छ । लम्कीचुहा, घोडाघोडी, नगरपालिका र मोहन्याल, गाउँपालिका सहमतिमा नेतृत्व चयनका लागि मंगलबार साँझसम्म प्रयास भइरहेको छ भने गोदावरी र टीकापुर नगरपालिकामा २२ गते, भजनीमा २३ गते मात्रै बन्द सत्र गरेर नेतृत्व चयन गरिने एमाले कैलालीका सचिवालय सदस्य डेजी बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?