काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बिहीवार राति कतारबाट स्वदेश फर्किएका एक यात्रु लुटिएको उजुरीको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ट्याक्सी चढी दाइको कोठामा जाने क्रममा सिनामंगल कार्गो गोदाम अगाडी दुई वटा मोटरसाइकलमार्फत ट्याक्सीको वाटो छेकी २ थान मोबाइल, ६०० कतार रियाल र २५ ग्रामको सुनको औठी लिएर लुटेरा फरार भएकाहरु पक्राउ परेका हुन् ।
लुटेरालाई लुटेको मोबाइल थान १ र मोटरसाइकलसहित महानगरीय परिसर काठमाडौ वृत्त गौशालाको विशेष टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया