प्रदेशको नामाकरण पहिलो प्राथमिकता : मुख्यमन्त्री राई

लोकपथ
247
Shares
df]/ª, !^ sflQs . k|b]z g+ ! sf d’VodGqL /fh]Gb| /fO{ dªunaf/ oxfF kb tyf uf]klgotfsf] ;ky u|x0f ;df/f]xkl5 ;~rf/sdL{x?;Fu ;ªlIfKt s’/fsfgL ub}{ . t:jL/ M dgf]h bfxfn, /f;;

मोरङ । प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरण सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् ।

मुख्यमन्त्री पदको शपथ ग्रहण समारोहपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले प्रदेशको नामकरण अहिलेसम्म हुने नसकेकाले यो वर्तमान सरकारको पहिलो प्राथमिकता रहने बताए । मुख्यमन्त्री राईले यही कात्तिक २५ गतेभित्र विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी पनि दिए ।

उनले सरकार सञ्चालनका लागि गठबन्धन दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरिने जानकारी दिदैँ गठबन्धन दलबीच छलफल पछि पुनः बजेट ल्याउन सकिने धारणा व्यक्त गरे । मुख्यमन्त्री राईले विकासका कामलाई प्राथमिकता दिन योजना छनोटमा प्रदेश सदस्यको महत्वपूर्ण भूमिका हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?