गठबन्धनको सरकार पूर्ण कार्यकाल टिक्छ – अर्थमन्त्री शर्मा

लोकपथ
77
Shares

किमाथाङ्का । अर्थमन्त्री जनार्दन शर्माले अहिलेको गठबन्धन सरकार पूर्ण कार्यकाल टिक्ने बताएका छन् ।

आज सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री शर्माले गठबन्धन सरकार निरन्तर चल्नेमा शङ्का नगर्न आग्रह गरे । अहिलेको सरकार जनताबाटै निर्वाचित सरकार भएकाले पूर्ण कार्यकालसम्म रहने उनको भनाइ थियो ।

नेकपा माओवादी केन्द्र सङ्खुवासभाले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन मन्त्री शर्मा आज सङ्खुवासभा आएका हुन् । अहिलेको सरकार प्रतिगमनकारी शक्तिलाई परास्त गरेर आएको हुनाले पूर्ण कार्यकालसम्म चल्ने मन्त्री शर्माले बताए । गठबन्धनको सरकाले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र जनताका अधिकार संरक्षण गरेकाले सरकार ढल्ने कुरा निराधार भएको मन्त्री शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?