काठमाडौं । सन् २०२१ बेल्ट एण्ड रोड इन्टरनेशनल रेगाटा दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको बेहाइमा नोभेम्बर ४ देखि १२ सम्म आयोजना हुने स्थानीय खेलकुद ब्यूरोले मङ्गलबार घोषणा गरेको छ।
उक्त खेल (समुद्रमा खेलिने) मा चीन, संयुक्त राज्य अमेरिका, इटाली, जर्मनी र अन्य देश र क्षेत्रका १२० भन्दा बढी उच्चस्तरीय नौकायन खेलाडीहरू सहभागी हुनेछन् ।
उक्त प्रतियोगितामा भाग लिने सम्पूर्ण विदेशी खेलाडीहरू चीनमा आइपुगिसकेका छन् ।
चीनको पुरातन सामुद्रिक सिल्क रोडको प्रस्थान गर्ने बन्दरगाह मध्येको एकको रूपमा बेहाइले हालैका वर्षहरूमा विभिन्न समुद्री खेलहरूलाई प्रवर्द्धन गर्ने प्रयास तीव्र पारेको छ । बेइबु खाडी र आसियान क्षेत्रहरूमा बेहाइलाई महत्त्वपूर्ण घटना केन्द्रको रूपमा निर्माण गर्ने प्रयास गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया