लोकपथ डट कमको अनलाइन समाचार बुलेटिनमा तपाईँलाई स्वागत छ । यो अङ्कमा तपाईँले आजको ताजा र प्रमुख समाचारहरू सुन्न र हेर्न पाउनु हुनेछ । दैनिक समाचारका लागि लोकपथ डटको आधिकारिक युट्युब च्यानललाई सब्सक्राइब गरेर नियमित रूपमा समाचार र अन्य सूचनामूलक जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।
१. प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज स्कटल्याण्डमा भेटवार्ता, दुवै नेताबीच हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरविरुद्ध मिलेर लड्ने प्रतिबद्वता ।
२. प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई नियुक्त, राईसँगै आजै लिए पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ ।
३. कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीद्वारा दाबी पेस, शाहीलाई माओवादी र नेकपा एकीकृत समाजवादीको समर्थन ।
४. न्यायालयमा सुधारको माग गर्दै नेपाल बार एसोसियसनद्वारा आज तेस्रो दिन पनि सर्वाेच्च अदालत परिसरमा धर्ना, प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पदबाट राजीनामा दिन वकिलहरुको दबाब ।
५. प्रधानन्याधीशलाई छिटोभन्दा छिटो राजीनामा दिन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको माग, न्यायालयको विवाद न्यायालयले नै समाधान गर्नुपर्नेमा कानुनमन्त्री दिलेन्द्र बडुको जोड ।
६. आज पनि सर्वाेच्चका न्यायाधीशहरु इजलासमा बसेनन्, न्यायाधीशहरु हड्तालमा उत्रिँदा बन्दीप्रत्यक्षीकरणको मुद्दामा पनि सुनुवाइ हुन सकेन ।
७. चितवनलाई कुरुक्षेत्र नबनाउन माओवादी अध्यक्ष प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको चेतावनी, चितवन अब शान्ति र धार्मिक क्षेत्र भन्ने ओलीको भनाइ ।
८. तिहार नजिकिएसँगै बजारमा तरकारीको भाउ आकाशियो, चाडबाडमा चुलो बाल्नै मुस्किल भएको उपभोक्ताको गुनासो, सरकारी अनुगमन भने फितलो ।
९.सरकारले तिहारमा काठमाडौं उपत्यकाबाट घर जानेलाई चोक–चोकमा कोरोनाविरुद्धको खोप लगाउँदै, आज र भोलि गरी दुई दिन बिहान साढे ७ देखि ४ बजेसम्म खोपको व्यवस्था ।
१०. आज नेपाली सेयर बजारमा २३ दशमलव ७६ अंकले वृद्धि, कारोबार रकम भने ६ अर्ब ७ करोडमै खुम्चियो ।
११. नेपालमा मंगलबार कोरोनाका ४ सय ६९ जना नयाँ संक्रमित थपिए, ५ सय ५५ जना संक्रमणमुक्त, पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु ।
१२.हालसम्म विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो, संक्रमित हुने २५ करोड पुगे, कोरोनाविरुद्धको खोपले मृत्युदर घटेको विज्ञहरुको भनाइ ।
१३.अफगानिस्तानको राजधानी काबुलको एक अस्पतालअगाडि भएको दुई शक्तिशाली विष्फोटमा परेर १५ जनाको मृत्यु, ३४ जना घाइते ।
१४. युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गतको खेलमा आज बार्सिलोना र डाइनामो किभ भिड्दै, घरेलु मैदानमा हुने खेलमा बलियो टिम बार्सिलोनालाई हराउने योजनामा किभ ।
१५. झापाले उचाल्यो मेयर कप भेट्रान्स फुटबलको उपाधि, आज भएको फाइनलमा झापाद्वारा एफई खुमलटार भेट्रान्स २–१ गोल अन्तरले पराजित ।
https://www.facebook.com/lokpath/videos/442065683930135
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया