मुख्यमन्त्री राईले विस्तार गरे मन्त्रीमण्डल, को-को बने मन्त्री ? (नामावलीसहित)

लोकपथ
3k
Shares

काठमाडौं । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीमण्डल विस्तार गरेका छन् ।

मंगलबार मुख्यमन्त्रीमा नियुक्त राईले एक राज्यमन्त्रीसहित ५ जना मन्त्रीहरु नियुक्त गरेका हुन् ।

जसमध्ये उद्योग, पर्यटन, वन तथा वातावरणसहित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आफैँसँग राखेका छन् ।

नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

त्यसैगरी इन्द्रबहादुर आङ्बोलाई आर्थिक तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका छन् । भने हिमाल कार्कीलाई भोतिक पूर्वाधार विकास र केदार कार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन् । भने जयराम यादवलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । भने सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी विष्णु तुम्बाहाङ्फेलाई दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

सोमबार मुख्यमन्त्रीबाट भीम आचार्यले राजीनामा दिएसँगै प्रदेश प्रमुखले आज दिउँसो ३ बजेसम्मका मुख्यमन्त्रीको दाबी पेस गर्न समय दिएका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम राई मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यता कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?