थप ४६९ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित कति छन् ? (विवरणसहित)

लोकपथ
286
Shares

काठमाडौं । आज (मंगलबार) ४६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २८७ जनाको नमुना परीक्षण गर्दा ४६९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ११५ पीसीआर परीक्षणमा ४२२ जना र ३ हजार १७२ एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, बितेको २४ घण्टामा ५५५ जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४२७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १४७ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?