प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

लोकपथ
169
Shares

काठमाडौं । प्रदेश नं १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् ।

मंगलबार एकीकृत समाजवादीका प्रदेश १ का संसदीय दलका नेता राई मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सोमबार (आज) भीमप्रसाद आचार्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले मुख्यमन्त्री दाबी गर्नका लागि आह्वान गरेका थिए । सोही अनुसार ५० सांसदको समर्थनसहित राईले मुख्यमन्त्रीको लागि दाबी पेस गरेका थिए । सोही बमोजिम प्रदेश प्रमुख प्यासीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री राईले आजै पद तथा गोपनियताको सपथग्रहण गर्ने र सानो आकारको मन्त्रीपरिषद् विस्तार गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?