नेप्सेमा ४ कम्पनीको ३० लाख ७२ हजार कित्ता सेयर थपियो, कुनको कित्ता कति ?

लोकपथ
2.3k
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) विभिन्न ४ वटा कम्पनीकाे सेयर सूचीकृत भएकाे छ । नेप्सेका अनुसार विभिन्न ४ कम्पनीको ३० लाख ७२ हजार ८३७.८६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

आज महुली लघुवित्त, उन्नति सहकार्य लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र नेकाे इन्स्याेरेन्स कम्पनीको सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

जसअनुसार महुली लघुवित्तकाे २० प्रतिशत बाेनस बापतकाे ३ लाख ७३ हजार २ सय ४० कित्ता सेयर सूचिकृत भएकाे छ ।

यता, उन्नति सहकार्य लघुवित्तकाे १७.८१ प्रतिशत बाेनस बापतकाे २ लाख ६६ हजार ३ सय ३० दशमलव ५६ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

नेप्सेका अनुसार जनउत्थान सामुदायिक लघुवित्तकाे ४९.४० प्रतिशत बाेनस बापतकाे ३ लाख ९१ हजार २ सय ४८ कित्ता सेयर सूचिकृत गरिएको छ ।

त्यसैगरी, नेकाे इन्स्याेरेन्सकाे १५.५० प्रतिशत बाेनस बापतकाे २० लाख ४२ हजार १९ दशमलव ३० कित्ता सेयर सूचिकृत भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?