राखेपको सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त

लोकपथ
448
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिए ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा कार्तिक १६ गते (मंगलबार) बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?