२३.७६ अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

लोकपथ
351
Shares

काठमाडौं । आज (मंगलबार) सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार करेक्सन देखिएको बजारमा आज पुन: दोहोरो अंकको वृद्धि देखिएको हो । आज कारोबार रकम भने घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक २३.७६ अंकले बढेर २८४३.६३ बिन्दुमा पुगेको छ । आज नेप्से ०.८४ प्रतिशतले बढेको हो ।

त्यस्तै, ठूला कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.८४ अंकले बढेर ५३१.४२ बिन्दुमा पुगेको छ ।

आज कुल २३० कम्पनीको ९९ लाख ७७ हजार ४८३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८८८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमध्ये १० वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकि ३ वटा समूहको सेयर मूल्य घटेको छ । आज अन्य समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । कारोबार रकमको आधारमा महालक्ष्मी विकास बैंकले अग्रता कायम गरेको छ ।

आज साहस ऊर्जा कम्पनी र गुडवील फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?