न्यायालय विवाद : प्रधानन्यायाधीशले राजीनामा नदिए सडकमा जाने बारका अध्यक्ष श्रेष्ठको चेतावनी

लोकपथ
299
Shares

काठमाडौं । नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नआएमा सडकमा आउने नेतावनी दिएका छन् ।

मंगलबार (आज) सर्वोच्च अदालत परिसरमा बारले गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘तलमाथि भए भोलिको कार्यक्रमपछि कानुन व्यावसायि र जनता सडकमा आउने अवस्था आउँछ।’

त्यसैगरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नै अहिलेको विवाद निकालेको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न सुमेत आग्रह गरे । ‘अवरुद्ध र विचलन जबराले गरेका हुन।उनलाई एकछिन पदमा बस्ने हक छैन।राजीनामा दिनुपर्छ। उहाँले सम्हाल्न सक्नुहुन्न।’ उनले भने ।

आफूहरु प्रधानन्यायाधीशको राजीनामा आएपछि मात्रै चुप लाग्ने बताउँदै सम्मानजनक राजीनामा नआएमा महाअभियोग लगाएर हटाउँने समेत चेतावनी दिए ।

उनले भने, ‘अहिले खुरुक्क राजीनामा दिनु सम्मानजनक कि महाअभियोग लगाएर हटाँउदा ?’

न्यायालयमा विवाद देखिएपछि नेपाल बारले विगत केही दिनदेखि सर्वोच्च परिसरमा आन्दोलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?