आज पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा मात्र पेसीमा

लोकपथ
42
Shares

काठमाडौं । मंगलबार पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको मात्रै पेसी तोकिएको छ ।

यसअघि सोमबार(हिजो) पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको लागि मात्रै पेसी तोकेका थिए ।

त्यस्तै आजका लागि पनि बन्दी प्रत्येक्षीकरणसम्बन्धी मुद्दा सुनुवाइका लागि ७ वटा इजलास तोकिएको छ ।

जसअनुसार न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा मा पेसी तोकिएको छ । कार्की र राउतको पहिलो इजलासमा भविन्द्र गिरीसम्बन्धी रिट रहेको छ ।

विगत केही समयदेखि न्यायालय विवादका कारण सर्वोच्चको सुनुवाइ प्रभावित बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?