मनकामना स्मार्ट लघुवित्त र एचआईडिसीएलद्वारा लाभांश घोषणा, कुनको कति ?

लोकपथ
1.4k
Shares

काठमाडौं । आज (मंगलबार) विभिन्न २ वटा कम्पनीले गत आर्थिक वर्ष २०७७/७८का लागि लाभांश घोषणा गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल)ले लाभांश घोषणा गरेका हुन् ।

हालसालै आईपीओ जारी गरेको मनकामना स्मार्ट लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाको आज (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव गरेको हो ।

संस्थाका अनुसार साविक मनकामना लघुवित्त र साविक स्मार्ट लघवित्तबीच गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भइ मिति २०७७ भदौ ११ देखि एकीकृत वित्तीय कारोबार शुभारम्भ भएको हुँदा आयकर ऐन २०५८ को दफा दफा ४७ (क) उपदफा ५ मा भएको व्यवस्था बमोजिम घोषित बोनस सेयरमा लाभांश कर छुटको व्यवस्था भएकाले कर प्रयोजनका लागि नगद लाभांश छुट्याइएको छैन ।

त्यसैगरी, एचआईडिसीएलले गत आर्थिक वर्षका लागि ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीकाे हिजाे (साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.४२१ प्रतिशत नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

दुवै कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल सरकारबाट स्वीकृत भइ र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?