मंगलबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

लोकपथ
286
Shares

काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

सोमबार बजारमा छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन आज ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?