कर्णाली : महेन्द्रबहादुर गएसँगै जीवनबहादुर मुख्यमन्त्री बन्दै

लोकपथ
286
Shares

काठमाडौं । कर्णाली प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही आज मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् ।

मंगलबार शाही नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बन्न लागेका हुन् ।

माओवादी केन्द्रसँगको पूर्वसहमतिअनुसार सोमबार साँझ महेन्द्रबहादुर शाहीले मार्गप्रशस्त गरेसँगै जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । सोमबार साँझ महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

गत वैशाख ३ गते महेन्द्रबहादुर शाही मुख्यमन्त्री नियुक्त हुँदा आधा र आधा समय सरकारको नेतृत्व गर्नेगरी सहमति भएको थियो ।

आज साँझ ७ः३० बजेसम्मका लागि मुख्यमन्त्री दाबी गर्ने समय दिइएको छ । त्यसअनुसार आज नै जीवनबहादुर शाहीले गठबन्धनको साथ जुटाएर मुख्यमन्त्रीका लागि दाबी पेस गर्दै छन् । प्रदेश प्रमुखले दिएको समयसीमा अनुसार आज नै जीवनबहादुर शाहीलाई मुख्यमन्त्री नियुक्त गर्नेछन् र माहीले सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?