टोटनहमका मुख्य प्रशिक्षक सान्टो बर्खास्त

लोकपथ
126
Shares

काठमाडौं । टोटनहम क्लबका मुख्य प्रशिक्षक नुनो इस्पीरिटो सान्टो बर्खास्त भएका छन् ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडसँग ३–० ले पराजित भएसँगै टोटनहमले प्रशिक्षक सान्टोलाई बर्खास्त गरेको हो ।

गत जुनमा दुई वर्षका लागि सम्झौता गरेका सान्टो बर्खास्त भएका हुन् ।

सान्टोले टोटनहममा केवल चार महिना बिताएका थिए । टोटनहमले पछिल्ला सातमा पाँच खेलमा पराजित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?