काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्स विजयी भएको छ । सोमबार राति भएको खेलमा उल्भ्सले घरेलु मैदानको फाईदा उठाँउदै एभर्टनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
उल्भ्सका लागि म्याक्स किलमेन र राउल जिमेनेजले समान एक एक गोल गरे । खेलको दोस्रो हाफमा एभर्टनका एलेक्स इवोबिले एक गोल गरेपनि खेलमा फर्कन भने सकेनन् ।
जित सहित उल्भ्स १० खेलबाट १६ अंक सहित तालिकाको सातौ स्थानमा छ । एभर्टन १४ अंक सहित तालिकाको दशौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया