काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२० रुपैयाँ ०९ पैसा रहेको छ ।
त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ २१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९० पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०२ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७८ पैसा र बिक्रीदर २८ रुपैयाँ ९३ पैसा रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया