को-को पुगे प्रधान सेनापतीले आयोजना गरेको रात्री भोजमा

काठमाडौं । बुधबार साँझ सानेपा स्थीत प्रधान सेनापती राजेन्द्र बहादुर क्षेत्रीको सरकारी निवासमा कलाकारको लागी रात्री भोजको आयोजना गरिएको थियो । जहाँ नेपाली सिनेमाका नाम चलेका कलाकार, निर्माता निर्देशकको बाक्लो उपस्थीती  रहेको थियो । रात्री भोजमा उपस्थित सिनेमाकर्मीले उनलाई सिनेमा प्रेमी प्रधान सेनापती भनेर प्रशंसा गरिरहेका थिए । 

कलाकार अनुराग कुँवरको संयोजकत्वमा रात्री भोजको आयोजना गरिएको थियो । जहाँ नेपाली सिनेमाका थुप्रै कलाकारहरु उपस्थिती प्रधान सेनापती निवासमा रहेको थियो । रात्री भोज खान हाँस्य कलाकार हरिवंश आचार्य, अभिनेता शिव श्रेष्ठ, प्रदिप खड्का, अभिनेत्री करिष्मा मानन्धर, स्वेता खड्का, केकी अधिकारी, पुजा शर्मा निर्देशक दीपाश्री निरौला, अभिनेत्री नम्रता श्रेष्ठ, गौरी मल्ल, झरना थापा, निर्माता सुनिल कुमार थापा, अभिनेता दिलीज रायमाझी, गौरव पहाडी, हाँस्य कलाकार दिपकराज गिरी, जितु नेपाल, सन्तोष पन्त, केदार घिमिरे, किरण केसी, शिवहरि पौडेल, निर्मल शर्मा, सन्दिप क्षेत्रीका साथै टेलिभिजनकर्मी भुषण दाहाल र सुरजसिहं ठकुरी पनि रात्री भोज कार्यक्रममा पुगेका थिए ।

यस्तै रात्री भोजमा सिनेमाकर्मी मात्रै नभई गायक तथा संगीतकर्मीको पनि उपस्थिती रहेको थियो । जहाँ गायक रामकृष्णा ढकाल, सत्य स्वरुप आचार्य, प्रताप दास, सुरज थापा, दिपक बज्राचार्य लयायतकाको उपस्थिती रहेको थियो । उपस्थित गायकहरु स्वरुपराज आचार्य, दिपक बज्राचार्य र सुरज थापाले कार्यक्रममा गीत गाएर कलाकार तथा पाहुँनालाई मनोरञ्जन प्रदान गरे । 

यि सँगै कार्यक्रममा कलाकार बुद्धि तामाङ, राजाराम पौडेलका साथै वितरक गोपालकाजी कायस्थ लगायत रात्री भोजमा सहभागी भए । उपस्थित कलाकारलाई स्वागत गर्दै प्रधान सेनापती क्षेत्रीले कलाकार राष्ट्रका गहना भएको भन्दै उनिहरुको सुरक्षाको दायित्व नेपाली सेनाले गर्ने बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?