काठमाडौं । सरकारले तिहारका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ ।
उपत्यकाका कलङ्की, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मङ्गलबारदेखि खोप लगाउने व्यवस्था मिलाइएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको हो ।
तिहार नजिकिएसँगै काठमाडौंबाट देशका विभिन्न ठाउँहरुमा जाने मानिसहरुको चाप बढिरहेको छ । सो क्रममा सरकारले सचेतता अपनाउन समेत आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया