काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेससँगको पूर्व सहमती अनुसार शाहीले सोमबार साँझ राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री शाहीले प्रदेश सरकारको नेतृत्व गरेको ३ वर्ष ८ महिनामा मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् ।
गत वैशाख ३ गते प्रदेशसभाबाट विश्वासको मत लिएका शाहीलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो । एमालेभित्र आन्तरिक कलह चर्किएपछि एमालेले माओवादीको तर्फबाट मुख्यमन्त्री बनेका शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
पूर्व सहमती अनुसार अब कर्णाली प्रदेशको मुख्यमन्त्री कांग्रेसका जीवनबहादुर शाही बन्ने भएका छन् । त्यतिबेला शाहीलाई विश्वासको मत दिँदा प्रदेश सभाको बाँकी कार्यकाल कांग्रेस र माओवादीले आधा आधा समय सरकार चलाउने सहमती भएको थियो ।
त्यसैगरी आज नै प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले समेत राजीनामा दिएका छन् । भने ५० सांसदको समर्थनसहित एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया