एसियाको कुटनीतिक बदलावसँग चीन जापान नजिकिँदै

 एजेन्सी : बेइजिंग र टोकियोले बुधबार एक नयाँ कुटनीतिक बिन्दुको शुरूवात गरे । चिनियाँ प्रधानमन्त्री लि केकिआंगले ८ वर्षयता पहिलो पटक उच्च पदाधिकारीको हैसियतमा ३ दिने भ्रमणमा गएका हुन् । 

कोरियाली प्रायः दीप र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक्ल्याउनेवादले ल्याएको कुटनीतिक हावाहुरीले लामो समयदेखि शत्रुता र कटुताको सम्बन्ध चलाउँदै आएका जापान र चीन दुबैले एक अर्काबीचको सम्बन्धलाई सुधार गर्न धेरै कारण फेला पारेका छन् । 

युनिभर्सिटी अफ अक्सफोर्ड र अक्सफोर्डको चीन केन्द्रका निर्देशक समेत रहेका इतिहासका प्राध्यापक राना मिट्टरले भने “ चीन र जापान दुबै युवा हराउने आंशका( फियर अफप मिसिंिग आउट)बाट पीडित रहेका छन् ।”

जापानको आंशका उत्तर कोरियासँग हुने कुनै सम्झौताले कतै आफूलाई एक्ल्याइने त होइन भन्ने हो । उत्तर कोरियाली नेता किम जोंग उनले आफ्नो घेराको प्रभाव बाहिर नजाने विश्वास चीनले दिलाउने प्रयास गरिरहेको छ ।

तर दोस्रो विश्वयुद्धदेखिको पूर्वी चीन समुद्र टापूहरू सम्बन्धी विवाद जापान र चीनबीच नियमितरूपमा शत्रुतापूर्ण व्यवहार भइआएको छ । 
तर विगतका वर्षहरूमा यी दुई देशका नेताहरूबीच पारस्परिक सम्बन्ध भइआएको देखिएको छ । यस अन्तर्गत जापानी प्रधानमन्त्री सिन्जो आबे र चिनियाँ राष्ट्रपति सी जिनपिनबीच यो महिना पहिलो टेलिफोन सम्पर्क समेत भयो ।

राजकीय भ्रमण अगाडि लिले बुधबार आबे दक्षिण कोरियाली राष्ट्रपति मू जाइसमेतको उपस्थितिमा आयोजित त्रिपक्षीय भ्रमणमा भाग लिए । उनीहरूले अप्रिलमा उत्तर कोरियाली नेतासँग भएको ऐतिहासिक कोरियाली शिखर सम्मेलनको परिणाम बारे छलफल गरे । 

जापान र दक्षिण कोरियाबीच पनि सीमा विवाद रहेका छन् । मू , आबे र लिले स्टेत गेस्ट हाउसमा छलफल गरेका थिए । सारा विश्वले कोरियाली प्रायःदीप र उत्तरपुर्व एसियामा एक भइरहेको छ त्यसलाई नियालिरहेको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मूनले भने “ यो क्षेत्रको शान्ति र समुद्धिका लागि तीन देशहरूले निकट भइ काम गर्नेमा म विश्वस्त छु ।”
चिनियाँ नेताले अर्को दुई दिन जापानमा बिताउने भएका छन् । त्यसक्रमा उनले जापानी सम्राट अकिहितोसँग भेटने छन् । यसको आयोजना प्रधानमन्त्री आबेले गर्नेछन् ।

जापानी र चिनियाँ प्रधानमन्त्रीले एक संयुक्त प्रेस सम्मेलनको आयोजना गरे । उनले पूर्वी चीन समुद्रमा सैन्य भिडन्तको अवस्थालाई त्याग गर्ने सहमति गरेको खुलाए ।
जापानी प्रधानमन्त्रीले पूर्वी चीन समुद्रमा हामी सामुद्रिक शान्ति स्थापना गर्न मैत्री र सहकार्य बढाइ तनाव घटाउने पारस्परिक सम्बन्ध बढाउने बताए ।

पद त्याग गर्ने योजनामा रहेका जापानी सम्राट अकिहितोसँग सीले सन् २००९मा गरेको भेट यता चिनियाँ ठूला पदाधिकारीसँगको यो पहिलो भेट लिसँग हुनेछ ।
यी सबै विषयलाई नियालिरहेका इतिहासका प्राध्यापक मिट्टरले यी दुई देशबीचको न्यानो सम्बन्धको विकास हुनेमा विश्वास व्यक्त गरेका छन् ।्

“समग्रमा रणनीतिक बिन्दुहरू परिवर्तन भएका छन् । चीनले पीएलएमा धेरै खर्च गरिरहेको छ । जापान चिनियाँ विस्तारको प्राथयमिक उद्देश्यसँग निरन्तर बाँधिदै गएको छ ।” उनले भने ।
उनका अनुसार जापान र चीनबीच रहेका शत्रुता पूर्ण व्यवहारमा विस्तारै परिवर्तन आउनेछ । यसले यो क्षेत्रको बदलिदो कुटनीतिक असरलाई संकेत गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?