भायानेटको सेवा अब जनकपुर र बर्दिवासमा पनि

लोकपथ
39
Shares
तस्वीर गूगल

जनकपुर । भायानेट कम्युनिकेसन्स प्रा.लि. ले आफ्नो सेवा विस्तार गर्ने क्रममा अब जनकपुर र बर्दिवासमा सेवा सुचारु गरेको छ । भायानेटले आफ्नो सेवा विस्तार गर्ने क्रममा अब जनकपुर र बर्दिवासमा एकसाथ सेवा सुचारु गरेको हो । योसेवा विस्तारसँगै कम्पनी अब देशका २४ शहरहरुमा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम भएको छ ।

भायानेटले ग्राहकहरुका लागि विभिन्न प्रकारका योजनाहरु पनि समय समयमा संचालन गर्दै आएको छ । त्यस्तो योजनाबाट ग्राहकहरु लाभान्वीत हुन हुनेछन् ।

जनकपुर र बर्दिवासमा सेवा विस्तार भएको खुशीयाली बाँड्न भायानेटले १ वर्ष सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई ४ महिना तथा ३ महिना सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई २ महिना निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने र पहिलो १०० जना वार्षिक ग्राहकहरुलाई ४८ जिबी मोबाइल डाटा जगेडा भएको एनसेलको सिम कार्ड सित्तैमा प्रदान गर्ने योजना अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?