हेर्नुहोस् आज दिनभरका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
42
Shares

लोकपथ डट कमको अनलाइन समाचार बुलेटिनमा तपाईँलाई स्वागत छ । यो अङ्कमा तपाईँले आजको ताजा र प्रमुख समाचारहरू सुन्न र हेर्न पाउनु हुनेछ । दैनिक समाचारका लागि लोकपथ डटको आधिकारिक युट्युब च्यानललाई सब्सक्राइब गरेर नियमित रूपमा समाचार र अन्य सूचनामूलक जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

१.एमालेले सबै प्रदेशमा सरकार गुमायो, प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज पदबाट राजीनामा दिए, केन्द्र सरकार समेत गुमाएको एमाले अब सबै प्रदेशमा प्रतिपक्षमै सीमित ।

२. प्रदेश १ मा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेशप्रमुखबाट दलहरुलाई भोलि १ बजेसम्मको समय दिइयो, कांग्रेससहितको गठबन्धनबाट राजेन्द्र राईले आजै नयाँ मुख्यमन्त्रीमा दाबी पेस ।

३. माओवादीबाट कर्णाली प्रदेशका मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही राजीनामाको तयारीमा, पूर्वसहमतिबमोजिम कांग्रेसलाई मुख्यमन्त्री दिइने ।

४. न्यायालयमा सुधारको माग गर्र्दै नेपाल बार एसोसियसनद्वारा आज पनि सर्वाेच्च अदालत परिसरमा धर्ना, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने माग ।

५. एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागिपरेको माओवादी अध्यक्ष प्रचण्डको आरोप, जनताको घरदैलोमा गएर काम गर्न नेता कार्यकर्तालाई आग्रह ।

६. राज्यका सबै अंगमाथि अहिले प्रश्न उठेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको टिप्पणी, राजनीतिक दलहरुले आफ्नो भूमिका प्रभावकारी खेल्न नसकेको भन्दै चिन्ता ।

७. १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने कांग्रेस नेतृ सुजाता कोइरालाको घोषणा, सर्वोच्च अदालतमा देखिएको समस्या सरकार र प्रधानन्यायाधीशले मिलेर समाधान गर्नुपर्नेमा जोड ।

८.राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोमबार मनाङमा स्याउ फार्मको अवलोकन, जलवायु परिवर्तनमा नेपालको भूमिका नरहे पनि त्यसको मारमा परेको भनाइ ।

९.पञ्चाङ्ग निर्यायक समितिद्वारा यस वर्षको भाइटीकाको साइत सार्वजनिक, भाइटीकाको उत्तम साइत कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा ।

१०. देशभर गरेर सोमबार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि, ४ सय ९० जना संक्रमणमुक्त, पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु ।

११. सोमबार सेयर बजार परिसूचक मापक नेप्से दोहोरो अंकले घट्यो, ७ अर्ब ७७ करोड ७५ लाखको सेयर कारोबार ।

१२. अक्सफोर्ड डिक्सनरीद्वारा ‘भ्याक्स’लाई सन् २०२१ को ‘वर्षशब्द’ घोषणा, कोरोना महामारीका कारण भ्याक्सको प्रयोग ५७ हजार प्रतिशतले बढेको ठम्याइ ।

१३.पनडुब्बी जहाजसम्बन्धी एउटा सम्झौतामा अष्ट्रेलियाका प्रधानमन्त्रीले ढाँटेको फ्रान्सका राष्ट्रपतिको आरोप, सम्झौता गरेर अष्ट्रेलिया, अमेरिका र बेलायतसँग रक्षा सम्झौतामा सहभागी भएको भन्दै फ्रान्सको असन्तुष्टि ।

१४. अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टि–ट्वान्टी वरीयतामा नेपालको एक स्थान सुधार, नयाँ वरीयताअनुसार नेपाल १३औंँ स्थानमा पुग्यो ।

१५. र, इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत राउन्ड टेन (१०)को खेलमा आज राति उल्भ्स र इभर्टन भिड्दै, दुवै टिम एक–अर्कालाई हराएर अंक तालिका सुधारको दाउमा ।

https://www.facebook.com/lokpath/videos/855272675136227

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?