धन प्राप्तिका लागि जप्नुहोस् यी मन्त्र !

लोकपथ
497
Shares

काठमाडौं – धनी बन्ने रहर कसको हुन्न तर सबै मानिस यसको हकदार बन्न सक्दैनन् । किनकी जति नै मिहिनेत गरेतापनि केही मानिसको जीवन सामान्य तरीकाले मात्रै चल्दछ । हिदू धर्मशास्त्र अनुसार कर्म गर्दा पनि फल प्राप्ती नहुने समस्याको समाधान छ । आज हामी तपाईलाई धन प्राप्तिका लागि जप्नुपर्ने मन्त्र र कुन बार कुन भगवान् को व्रत बस्ने भन्ने सन्दर्भमा जानकारी दिँदैछौँ ।

धर्मशास्त्रका अनुसार जागीर वा धनसम्पत्ति कमाउन भगवानको आराधनासहित व्रत बस्नु पर्दछ ।

जागीर पाउन गर्नुपर्ने व्रत र त्यसको नियम

१. जागीर पाउनका लागी शनिबार शनी देवको व्रत बस्नु राम्रो मानिन्छ । यसदिन तपाईले अन्य केहि कुरामा ध्यान दिनुभयो भने तपाईको जीवन सुखी हुन्छ ।

शनिवार बिहान सबेरै उठेर नुवाईधुवाई गरी एउटा सफा भाडामा तेल राखि आफ्नो छायाँ हेर्नुहोस् । आफूले छायाँ हेरेको तेल आवश्यकता भएका व्यक्तिलाई दान गर्नुहोस् । कालो कुकुरलाई खान दिनुहोस् । गरिब दिनदुखीलाई सेवा गर्नुहोस् सकेको दान गर्नुहोस् ।

शनिवार दिनभर केवल पानी जल मात्र ग्रहण गर्नुहोस् । आँटेको कुरा पूरा होओस् भन्नको लागि यी कर्मसँगै अन्न सेवन बर्जित छ ।

साँझमा पीपलको वृक्षको फेदमा जल अर्पण गरी सरस्युको तेलमा दियो बाल्नुहोस् ।

ॐ शं शनैश्चराय नम : मन्त्रको १०८ पटक जप गर्दै शनीको आराधना गर्नुपर्दछ।
साँझमा दुध, फल लगायतका फलाहार सेवन गर्न सकिन्छ । सकभर यो दिन अरुको सेवामा वा सामाजिक काममा दिन बिताउनुहोस् ।

धन प्राप्तीका लागी गरिने व्रत र नियम
धनकी देवी लक्ष्मी सबै मानव समुदायको अति प्रिय देवी भएकोले हिन्दु धर्मावलम्बी मात्रै होईन बौद्ध, इस्लाम, इसाई, जैन, शिख आदिले समेत लक्ष्मीको आराधना गर्दछन् ।

शास्त्रमा धनकी लक्ष्मी देवीको नाम एक हजार पटक सम्म जप्नुपर्ने प्रावधान राखिएका छन् । एक हजार धनलक्ष्मीको नाम जप्न सम्भव नभएका कारण धेरैले १६ लक्ष्मीको नाम जप्दछन् । त्यसलाई शास्त्रमा षोडशलक्ष्मी भनिएको छ भने अष्टलक्ष्मी भनि आठजना देवी लक्ष्मीको नाम पनि सधैँ जप्ने गरेका पनि छन् । अष्टलक्ष्मी पूजा र जपमा विशेष नियम र पूजाको व्यवस्था गरेको पाइन्छ । जस्तै लक्ष्मीको प्रतिमा तस्वीर मूर्ति आदिको अगाडि सिंगो विमिरो माथि केरा राखेर पूजा गरेमा देवी खुसी भई धनधान्य सन्तानले भरिपूर्ण हुन्छिन् र आर्शिवाद् दिन्छिन् भनिएको छ । त्यसकारण शास्त्र बमोजिम लक्ष्मी पूजा गर्नेहरुले यौटा सिंगो विमिरो र केरा समेत अन्य विभिन्न फलफूल, परिकार, वस्त्र, दाम, फूल, अक्षता सहित कलश स्थापना पनि गर्दछन् । घरभित्र बाहिर झिलीमिली बत्ति बाल्दछन् । स्तोत्र पाठ मन्त्रपाठ सहित लक्ष्मी पूजा गर्नेहरुको लागि लक्ष्मी पूजन मन्त्रहरु पनि छन् ।
नमोस्तेस्तु महामाये श्री पीठे सुर पूजिते ।।
शंखचक्र गदा हस्ते महालक्ष्मी नमोस्तुते ।।१।।
नमस्ते गरुडारुदे कोलासुर भयंकरी ।।
सर्वपाप हरे देवी महालक्ष्मी नमोस्तुते ।।२।।
सर्वज्ञ सर्व वरदे सर्व दुष्ट भयंकरी ।।
सर्व दुःख हरे देवी महालक्ष्मी नमोस्तुते ।।३।।
सिद्धिबुद्धि प्रदे देवी भूक्तिमुक्ति प्रदायिने ।।
मन्त्रमूर्ते महादेवी महालक्ष्मी नमोस्तुते ।।४।।
आद्यान्तर रहिते देवी आद्यशक्ति महेश्वरी ।।
योगजेयोग सम्भूते महालक्ष्मी नमोस्तुते ।।५।।
स्थूलशूक्ष्म महारौदे्र महाशक्ती महोदरे ।।
महापाप हरेदेवी महालक्ष्मी नमोस्तुते ।।६।।
पद्मासने स्थिते देवी पद्मब्रम्ह स्वरुपिणी ।।
परमेशी जगतर्महालक्ष्मी नमोस्तुते ।।७।।
श्वेताम्बर धरेदेवी नानालंकमार विभूषिते ।।
जगतस्थिते जगतर्महालक्ष्मी नमोस्तुते ।।८।।
महालक्ष्मीस्तक स्तोत्र यो पठेत भक्तिमान्नर ।।
सर्वसिद्धि मवाप्लोति राज्य प्राप्नोति सर्वदा ।।९।।
एककालं पठेन्नित्यं महापाप विनाशवम् ।।
द्विकाल यं पठोन्नित्यं धनधान्य समान्वितंम् ।।१०।।
त्रिकाल यं पठेन्नित्यं महाशत्रू विनाशनम् ।।
महालक्ष्मी भवन्नित्यम् प्रशन्ना वरदा शूभा ।।११।।
।। इति ईन्द्रकृत महालक्ष्मीस्तक स्तोत्र सम्पूर्णम ।।

मोक्ष प्राप्त गर्न मोक्षलक्ष्मीको आराधना गर्नुपर्दछ।
शुभ लक्ष्मी
स्थिर लक्ष्मी
गृह लक्ष्मी
धन लक्ष्मी
धान्य लक्ष्मी
वैभव लक्ष्मी
ज्ञान लक्ष्मी
बुद्धि लक्ष्मी
यश लक्ष्मी
पराक्रम लक्ष्मी
किर्ती लक्ष्मी
शौभाग्य लक्ष्मी
सिद्धि लक्ष्मी
सन्तन लक्ष्मी
विश्व लक्ष्मी
ऋद्धि लक्ष्मी
लक्ष्मीको पूजा गर्दा कुबेर देवताको पनि पूजा गर्ने प्रचलन रहेको छ । ऊँ नमः सम्पतिपतयै भनि कुवेरलाई नमस्कार पनि गरौँ ।।

धनसम्पत्ति प्राप्तीका लागि लक्ष्मी को ८ वटा शुक्रवार व्रत बस्नु पर्छ।
यस दिन लक्ष्मीको अष्ट स्वरुपको उपासना गर्दै धनलक्ष्मी स्वरुपको आराधना गर्नुपर्छ।
व्रतको दिन, दिनभर केवल जलाहार वा फलाहार मात्र ग्रहण गर्नुपर्छ ।
व्रतको मध्यरात्रीमा लक्ष्मीको प्रतिमा वा तस्वीरर सम्मुखमा दियो बाल्नु पर्दछ।
रातिको समयमा ॐ श्रीं श्रीयै नमः मन्त्रको ११ पटक जप गरी आरती गर्नुपर्छ ।
आरती पश्चात् गुलाबको पुष्प वा गुलाबबाट बनेको इत्र समर्पित गर्नुपर्छ ।
त्यसपछि अलिनु अन्नको सेवन गर्नुपर्दछ । नुन सेवन बर्जित गरिएको छ ।
धन प्राप्तीको लागि
धर्मशास्त्र अनुसार सबैभन्दा धनी देवताको मानिएको कुबेरको पूजा तथा उपासना गर्नुपर्छ । कुबेरको पूजा गर्नका लागि सवैभन्दा उत्तम दिन शुक्रबार हो ।
कसरी गर्ने पूजा ? 
तामाको एक प्लेटबाट कुबेर यन्त्र बनेको हुन्छ । जीवनमा सुखी, सम्पन्न र ऐश्वर्या प्राप्त गर्नको लागि कुबेर ७२ अंकलाई शुभ मानिन्छ । यस्तो यन्त्रलाई आफ्नो घर,अफिस तथा पसलहरुमा हरेक पटक आफ्नो आँखाले देख्नेगरी राख्न सकिन्छ ।

ख्याल राख्नुपर्ने कुरा ! 
यसको मुख उत्तर वा पूर्वी दिशामा फर्काएर राख्ने गर्नुपर्छ । हरेक बिहान पूजा गर्दा सुगन्धित धुप बाल्नुपर्ने हुन्छ । जसले गर्दा घरमा सकारात्मक उर्जा प्रदान गर्छ र नकारात्मक उर्जा हटेर जान्छ ।

कुबेर यन्त्रको पूजा गर्दा भगवान कुबेरको मन्त्र जप गर्नुपर्छ । ॐ श्रीं ह्रीं क्लीं श्रीं क्लीं वित्तेश्वराय नमः॥ यो म’न्त्र हरेक बिहान २१ या १०८ पटक जप गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?